USHL 783.2 -13.7 HDL 1423.1 49.1 MKHC 339 -1 UNL 48870 -930 MND84/85 1030 2 HATHY 1322 13 API 289.5 2.5 EBL 605 5 IGI 600 -4 NLG 1317 2 MBL 255 -4 ILI 483.5 -2.5 MLBSL 2000 -26 NIMBPO 176.9 -1.1 MHNL 265.5 -0.5 LVF2 9 0 NIMB 241.9 -9.1 NICGF 10.56 -0.28 MKCL 1497 -26 ULHC 390 -7.9 NICGF2 8.78 -0.02 GUFL 735 5 SAGF 9.31 0.01 RAWA 889 29 NICD88 1032 -21 GRDBL 743 5 SGHC 393.6 0.1 GBILD86/87 1030 4 BHDC 583 5.4 EBLD86 1040 -2 BHPL 655.1 -12.7 NBF3 9.04 0.17 UMRH 475 -1.9 NADEP 1030 -55 NBLD87 1020 -8 SBCF 9 -0.2 BPCL 449 -7 UAIL 639 -1 UMHL 308 -4 PMLI 562 1
×
आफ्नो अडानमा टिक्न सकेन राप्रपा : पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए पनि सरकारमा जाने



राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ ।

उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीबारे कुनै निर्णय गरेको छैन । राप्रपाले २७ पुसमा पृथ्वी जयन्तीमा बिदा र उपप्रधानमन्त्रीसहित चार मन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

तर, सत्तारुढ गठबन्धनका एमाले र माओवादी केन्द्रले राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरिएको छ ।

रास्वपाले अहिलेसम्म यसबारे केही नबोले पनि राप्रपाले भने उपप्रधानमन्त्रीसहित चार मन्त्री मागेर आफ्नो अडान कायमै राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारी छ । गृहमन्त्रीसहित उपप्रधानमन्त्री ताकेका लिङ्देन अब पर्यटन मन्त्रालयतिर सरेको बताइन्छ । राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सरकारमा जाने स्रोतले बतायो । पार्टी अध्यक्ष र महामन्त्री नै सरकारमा सामेल हुने भएपछि असन्तुष्टि बढेकाले राप्रपाले चार मन्त्रालय मागेको बुझिएको छ । यदि चार मन्त्रालय पाएमा राप्रपाले पृथ्वी जयन्तीको दिनको बिदालाई बटमलाइन नबनाउने राप्रपाका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । आफूले राखेका माग पूरा नभए सरकारमा नजाने राप्रपाले संकेत गरेपछि प्रचण्डले एकीकृत समाजवादीलाई विश्वासको मत दिन अध्यक्ष माधवकुमार नेपाललाई भेटेरे आग्रह गरेका थिए । जसअनुसार आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए । यो निर्णय एकीकृत समाजवादीले २६ पुससम्मै बाहिर नल्याउने भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस