×
Lagani
Lagani Shiksha gif
मोलुङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो।

Lagani Shiksha gif
sharehubapk मोलुङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात  रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्ने छ भने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि साथै  ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गर्ने छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने शेयरमध्ये ५० प्रतिशत ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ भने २५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दा र २५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले माघ ३ गतेसम्म आवेदन दिन सक्ने छन् भने आयोजना प्रभावित स्थानीयले  छिटोमा माघ ३ गते र ढिमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म  आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस