KBL 234 -6.9 CIZBD90 1081 1 RMF1 9.15 -0.1 NSIF2 10.52 0.02 SIFC 628 10 PROFL 655 7 ULBSL 3199 37 SARBTM 765 -5 MFIL 768 48 TRH 1118 -5 BARUN 379 -6.1 SHINE 473 -1.8 MERO 760 0.5 SNLI 585.1 -0.9 SMHL 613.1 -4 SKBBL 934 -3 MLBBL 1635 15 EHPL 840 7.9 NICD83/84 1062 -19 RHPL 364 -5.2 BHL 440 -13 SAGF 9.31 0.01 VLBS 902.5 -7.5 NWCL 975 -13.9 EBL 605 5 LBBLD89 1208.5 23.5 SBID83 1098 8.7 GVL 538.5 -22 NIBLGF 9.1 0.38 UHEWA 476 -11 NBF2 9.15 -0.05 SCB 691.1 3.6 MDB 630 -3.8 MHCL 410 -7 ILI 483.5 -2.5 RMF2 9.21 -0.13 RBCLPO 12300 88 HRL 861 -4 RBCL 17071 -109 PSF 9.51 -0.09
×
कोरोना महामारीमा चन्दा उठाएर बतास समूहले दियो दुई वर्षपछि अस्पतालमा अक्सिजन प्लान्ट



बतास अर्गनाइजेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

कोभिड महामारीका बेला बतासले अक्सिजन प्लान्ट खरिदका लागि चन्दा उठाएको थियो । कोरोनाकालमा प्लान्ट ल्याउन नसकेको बतासले दुई वर्षपछि अस्पतालमा प्लाण्ट हस्तान्तरण गरेको हो ।

बतास फाउन्डेसनले सुरुमा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट ल्याउने जनाएको थियो । सहयोग संकलन महाअभियानबाट तीन करोड ४५ लाख १७ हजार पाँच सय ५५ रुपैयाँ संकलन भएको थियो । त्यसमा बतास फाउन्डेसन र बतास अर्गनाइजेनसबाट ५५ लाख राखिएको फाउन्डेसनले जनाएको छ ।

निर्धारित समयभन्दा निकै ढिलो प्लान्ट ल्याउकोमा बतास फाउन्डेसनले क्षमा मागेको छ । ‘निर्धारित समयभन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेकोमा भने हामी क्षमा प्रार्थी छौं,’ फाउन्डेसनका प्रवक्ता नारायण पौडेलले भने, ‘२०७८ जेठमा नै फ्रान्समा प्लान्ट खरिद गरिसकेका थियौं । तर, अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भयो ।’

पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा ढिलो भएको उनले बताए । एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि ल्याउन सम्भव नभएपछि जल तथा स्थल मार्गबाट ल्याइएको पौडेलले बताए । प्लान्ट खरिद र अभियान सन्चालनका लागि पोखराका पूर्वमेयर मानबहादुर जिसीको संरक्षकत्वमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास संयोजक बनेर काम गरेका थिए ।

प्लान्टले दैनिक एक सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ । अस्पतालले आवश्यक पूर्वाधार निर्माण भएपछि प्लान्ट जडान गर्ने जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस