ALBSL 1040 -4 NIMB 241.9 -9.1 BARUN 379 -6.1 MHL 725 3.5 SHLB 1886.9 1.9 SINDU 667 -6 GHL 218.5 -1.1 NLICL 606 -4 PMLI 562 1 USHL 783.2 -13.7 MATRI 1405 -8 HBLD83 1056.3 0.3 KKHC 260 -2 NBF2 9.15 -0.05 PPL 461 -2.5 SALICO 747 -9.1 BBC 4255 50 SEF 9.51 -0.24 IHL 499 -1 SJLIC 477 -7.5 CCBD88 1123.1 6.1 NICBF 9.3 -0.08 C30MF 9.74 0 BOKD86 1040 18 ICFC 823.9 74.9 RIDI 235 0 NTC 980.1 -2.4 SBCF 9 -0.2 SPL 813 -12.1 SAGF 9.31 0.01 SMH 1064.8 5.9 NMBD87/88 1027 -3 NBF3 9.04 0.17 NMFBS 1435 1 SPIL 853 -18 DOLTI 538 10 KRBL 613 0 RHGCL 388 0 TRH 1118 -5 CHCL 568.9 -8.1
×
प्रधानमन्त्री देउवा र सिके राउतबीच भेटवार्ता, के भयो कुराकानी ?



प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकरात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । ‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,’ निधिले भने ।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ ।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो । निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस