CHL 323 2.3 KBSH 1611.5 146.5 LBBLD89 1142 22 GLH 234.5 2.2 UPCL 195 -3 SEF 8.1 -0.07 MBL 178.5 1.5 MND84/85 985 4 NIBSF2 7.95 -0.01 MSLB 1410 -84 MDB 508.9 19.9 CHCL 441 1 NRN 640 -54 SONA 456 -9.2 SCB 562 -5 SHLB 1749 -1 NGPL 309 -4.5 NICD83/84 1060.8 20.8 ACLBSL 1022 -8 HHL 372.9 -6.1 SMH 820 12 SDLBSL 1195 108.5 KPCL 478.9 -7.1 TVCL 475 -8.8 LEC 185 0.3 SIFC 447 10 PRVU 147 -1.2 BOKD86 980 -5 NIBLSTF 8.54 -0.3 SHL 436 -0.5 CFCL 450 6.5 CMF1 9 -0.03 KKHC 232.2 4.2 VLUCL 512 -6 NICLBSL 664.1 -13.8 HEI 605 -9 SLBSL 1210 12 HBLPO 125 1.8 KMCDB 1089 -17 UNLB 2028 14.9
×
कांग्रेस नेता निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता



नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ ।

हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटवार्ता भएको हो ।बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटका क्रममा निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए । भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको निधिको सचिवालयले जनाएको छ।

निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए ।

भेटमा निधिले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस