MFLD85 1050 -20 GHL 218.5 -1.1 CBBL 980 1 PMLI 562 1 LEC 276.8 -6 RMF2 9.21 -0.13 KSY 9.22 -0.19 TVCL 461 1 GVL 538.5 -22 SALICO 747 -9.1 OHL 925 -9 NLICL 606 -4 NADEP 1030 -55 RNLI 495.5 1.5 CORBL 958.8 -10.2 JBBL 351 -3.1 NUBL 730 2.8 NIMB 241.9 -9.1 SBLD84 1040 19.3 MLBBL 1635 15 NIBSF2 8.9 0.08 HPPL 316.3 -3.6 RBCL 17071 -109 CITY 805 -17 SHINE 473 -1.8 RSDC 735 0 RURU 740 -9.8 SHEL 242.9 -4.7 NHDL 570 0 NGPL 472 -2.9 PMHPL 260 -4 SWBBL 1065 2.1 MLBSL 2000 -26 KSBBLD87 1093.4 18.4 HURJA 220 -4.6 SCB 691.1 3.6 KRBL 613 0 MHL 725 3.5 SSHL 215 0.8 KMCDB 1027.8 -11.1
×
मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका पनि एक्सनमा



महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन् ।

बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै  ३५ दिनभित्र  अनधिकृत संरचना हटाउन आह्वान गरेको छ ।  उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ ।

खाली गराएको जानकारी यस प्राधिकरणलाई गराउन समेत उल्लेख छ । सूचनामा भनिएको छ, ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस