SFMF 10.2 -0.2 SJCL 326 -3.7 BARUN 379 -6.1 UMRH 475 -1.9 NADEP 1030 -55 HHL 439 -3.2 SBD87 1048 11.9 NICLBSL 705.5 -7.5 NTC 980.1 -2.4 SWMF 812 -13 NIBLGF 9.1 0.38 BHDC 583 5.4 MANDU 885 -14 MLBS 1532.3 -86.7 BGWT 934.9 -21.1 KDBY 9.21 -0.23 ENL 1102 -18 SMATA 875 -16 KBSH 2386 -9 ANLB 4453.1 47 NICGF2 8.78 -0.02 GRDBL 743 5 MBL 255 -4 RURU 740 -9.8 NICAD8283 1169.8 86.8 HPPL 316.3 -3.6 BOKD86 1040 18 BBC 4255 50 HLBSL 1010 -10 PCBL 292 -2 NICBF 9.3 -0.08 HDL 1423.1 49.1 VLUCL 588 -1.9 SMH 1064.8 5.9 SMFBS 1505.2 6.2 UHEWA 476 -11 CIZBD90 1081 1 EHPL 840 7.9 MKCL 1497 -26 MMKJL 543.6 9.6
×
प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप



आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन् ।

४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन । तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन् ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता प्रधानमन्त्रीको आकांक्षीको रुपमा देखिएका छन् ।

प्रधानमन्त्री बन्न उद्देश्यसहित समर्थनका लागि प्रकाशमान सिंहले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । यसलगत्तै सोमबार बिहानै नेता रामचन्द्र पौडेल कोटेश्रव पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे ।

प्रधानमन्त्री बन्नेगरी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । काठमाडौं ४ का मतदाताले यसपटक आफूलाई प्रधानमन्त्री बन्न मत दिएको बताउँदै थापाले संसदीय दलको नेता र प्रधानमन्त्री बन्न प्रतिस्पर्धामा उत्रिने बताइसकेका छन् ।

तर, पार्टी दुई शीर्ष नेता पनि दलीय छलफलमा लागेका छन् । आइतबार एमाले अध्यक्ष ओलीलाई भेटर नेता सिंहलाई आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेका थिए ।

सोमबार बिहान नेपाल निवास कोटेश्वर पुगेका नेता पौडेललाई अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएका छन् । अध्यक्ष नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन आफू र आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस