PRVU 248 -10 NGPL 472 -2.9 KMCDB 1027.8 -11.1 GVL 538.5 -22 ANLB 4453.1 47 PBD84 1065 1.7 SPDL 310 5 HIDCLP 183 -2 MDB 630 -3.8 CGH 909 -5 RBCL 17071 -109 LUK 9.21 -0.09 EBL 605 5 KKHC 260 -2 PBD88 1102.1 2.1 GBBL 447 -6 NIMBPO 176.9 -1.1 BGWT 934.9 -21.1 RSDC 735 0 LSL 253.5 -5.5 SJCL 326 -3.7 GFCL 1051.1 6 NTC 980.1 -2.4 MHNL 265.5 -0.5 LBBLD89 1208.5 23.5 PSF 9.51 -0.09 GBILD86/87 1030 4 RIDI 235 0 JSLBB 1513.9 38.9 KRBL 613 0 SAMAJ 3321.1 1.1 SPC 520 5 MND84/85 1030 2 LLBS 1050 5 MNBBL 395.8 -0.8 PBLD87 1028 -2 RURU 740 -9.8 FMDBL 758 -0.1 SLCF 9.21 -0.1 RHGCL 388 0
×
लघुवित्तलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने राष्ट्र बैंकको तयारी



लघुवित्त वित्तीय संस्थाहरूलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने नेपाल राष्ट्र बैंकले तयारी गरेको छ ।

उनीहरूलाई वाणिज्य बैंकसरह आधार दरअनुसार ब्याजदर निर्धारण गराउन खोजिएको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबार प्रकाशित मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले उनीहरूलाई माघदेखि आधार दर सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत लागू गरेको छ । माघदेखि लघुवित्तहरूले आधार दर सार्वजनिक गर्न सकेमा अर्धवार्षिक समीक्षामार्फत बैंकहरूसरह कर्जा निर्धारण गर्न दिने श्रेष्ठले बताए । उनले भने, ‘लघुवित्तहरूलाई अहिले आधार दर सार्वजनिक गर्न भनेका छौं । उनीहरूले यो निकाल्न सके भने अर्धवार्षिक समीक्षामार्फत उनीहरूलाई आधार दर अनुसार कर्जा निर्धारण गर्न दिनेछौं ।’

अहिले राष्ट्र बैंकले लघुवित्तहरूलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सीमा लगाएको छ । वाणिज्य बैंकहरूले पछिल्लो समय धमाधम कर्जाको ब्याजदर बढाउन थालेपछि लघुवित्त बैंकरहरूले आफूहरू मारमा परेको गुनासो गरिरहेका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस