SSHL 215 0.8 SRBLD83 1065 -10 NBBD2085 1100 0 MMF1 8.98 0.1 MBL 255 -4 SNMAPO 190 0 DOLTI 538 10 PRVU 248 -10 PMHPL 260 -4 PSF 9.51 -0.09 MERO 760 0.5 CLI 634 -4.9 JOSHI 305 -6.8 SJCL 326 -3.7 NIBSF2 8.9 0.08 MLBL 398 -6.9 RAWA 889 29 USHL 783.2 -13.7 NICFC 8.97 -0.33 BGWT 934.9 -21.1 NLO 242.1 0 CIT 2195 0 NESDO 2229 -18 SAPDBL 569.6 -7.4 SAEF 11.22 0.17 STC 5908 9 MAKAR 500 6 SMFBS 1505.2 6.2 RIDI 235 0 SHL 512 -4.5 GILB 1268.4 4.4 SPDL 310 5 SANIMA 326 -10.2 SHIVM 599 -8 SGIC 641.2 -4.8 AHL 651 2 TSHL 909 -11 GRDBL 743 5 UNLB 2527 -3.9 ICFC 823.9 74.9
×
प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य , मुख्यमन्त्री बारे चर्चा शुरू



प्रतिनिधिसभाकाे १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य बनेकाे छ ।

प्रतिनिधसभामा शून्य भए पनि प्रदेशसभातर्फ भने पाँच सिट जितिसकेकाे छ। जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा माओवादी केन्द्रका जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा  कांग्रेसका पूर्णबहादुर खड्का , क्षेत्र नम्बर २ मा हृदयराम थानी , दैलेख क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी का अम्बरबहादुर थापा,  क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् ।

यस्तै, सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला, डोल्पामा समाजवादी कै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । मतदान जारी रहेकाे मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी अन्य भन्दा अगाडी छन् ।  हुम्लामा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।

कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य भए पनि प्रदेशसभातर्फ भने अहिलेसम्म डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्बर २ को (क) मा एमालेका यमलाल कँडेल विजयी भएका छन् । मुगु क्षेत्र नम्बर १ (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । दैलेख क्षेत्र नम्बर क्षेत्र नम्बर २ (ख) विनोदकुमार शाहले जिते । जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाइ विजयी भएका छन् । प्रदेशसभातर्फ एमालेको अहिलेसम्म पाँच सिटमा एमाले निर्वाचित भइसकेकाे छ ।

मुख्यमन्त्री बारे चर्चा सुरू

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएपछि अब काे बन्लान भनेर चर्चा चल्न थालेकाे छ । चुनावमा होमिएका मुख्यमन्त्रीको आकांक्षी आठनेतामध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

भावी मुख्यमन्त्रीको रुपमा कांग्रेसबाट तीन, एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जनाको नाम चर्चामा थियाे  । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाह र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित भए ।

सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिएका थिए । यद्यपि, उनको निर्वाचन क्षेत्र जुम्ला (क) मा उनीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले चुनाव जिते ।

मुख्यमन्त्रीका आकांक्षीमध्ये पराजित हुनेमा एमाले सह-इञ्चार्ज गुलाबजंग शाह पनि हुन् । उनी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश अधिकारीसँग पराजित भए । ०७४ मा सल्यान (क) बाट निर्वाचित भएर प्रदेश भामा एमाले सचेतक भइसकेका शाह यो पटक यामलाल कँडेलको विकल्पमा आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा उभ्याउँदै आएका थिए । पराजित हुने डरले निर्वाचन क्षेत्र बदलेर (ख) मा चुनाव लडेका उनी त्यहाँ पनि पराजित भए ।

निर्वाचित हुनेमा माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट, कांग्रेसबाट राजीवबिक्रम शाह, जीवनबहादुर शाही र एमालेबाट यामलाल कँडेल छन् ।

माओवादीबाट मुख्यमन्त्रीका अर्को दाबेदार हुन्, विन्दमान विष्ट । सुर्खेन निर्वाचन क्षेत्र नम्बर २  (ख) बाट दोस्रो पटक निर्वाचित भएका उनी यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस