KPCL 493 -0.8 NIBD2082 1099 0 BGWT 934.9 -21.1 UMHL 308 -4 CLI 634 -4.9 SJCL 326 -3.7 BBC 4255 50 UPCL 262.2 -2.7 HBL 260 -13 HEIP 381.8 20.8 KSBBLD87 1093.4 18.4 SHIVM 599 -8 NFS 1350 -43 SIGS2 10.05 0 SLBSL 1398.4 21.4 HDHPC 208.8 -4.1 RMF2 9.21 -0.13 SPL 813 -12.1 LSL 253.5 -5.5 SFEF 9.29 0.22 SFCL 704.1 63.6 KDBY 9.21 -0.23 UNLB 2527 -3.9 NICGF2 8.78 -0.02 NABIL 594 3 HHL 439 -3.2 SRBLD83 1065 -10 NLIC 814 -13.4 RAWA 889 29 WNLB 2650 -80 LLBS 1050 5 PCBL 292 -2 MBJC 321 -8 SMATA 875 -16 PRSF 9.54 -0.11 RSDC 735 0 SHPC 525 -3.9 MLBSL 2000 -26 GLH 244 -2 JFL 655 6
×
यी हुन् ७० वर्ष नाघेका विजयी उम्मेदवार



आम निर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ ।

यसले कुन दलको आकार कत्रो हुने र हैसियत के हुने भन्ने मोटामोटी चित्र देखाइसकेको छ । यस पटकको प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्षसम्मका उम्मेदवार निर्वाचित भएका छन् । यहाँ ७० वर्ष नाघेका विजयी उम्मेदवारबारे चर्चा गरिएकाे छ ।

यस पटकको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका चित्रबहादुर केसी सबैभन्दा बढी उमेरका सांसद हुनेछन् । केसीले ८० वर्ष नाघिसकेका छन् । केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

दोस्रोमा  प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी ७७ वर्षका भए ।  डडेलधुराबाट निर्वाचित भएका देउवा फेरि पनि प्रधानमन्त्रीको दौडमा देखिने प्रबल सम्भावना छ । अर्का ज्येष्ठ सांसद हुन् ध्रुवबहादुर प्रधान । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट निर्वाचित प्रधान हाल ७३ वर्षका छन् ।  यस्तै नेकपा झापा ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पुगिसकेका छन् ।

रुपन्देही–४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्ष पुगे । उनी पनि यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ७२ वर्षीय पुगे । उनले पनि यस पटक मोरङ–६ बाट प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस