EBLD86 981 1 NICGF 9.8 0 NRM 413 -2 PCBL 201.9 -3.1 SMATA 1035 24 SMJC 409 8 UMRH 415.2 -4.8 RHGCL 360 -3 DDBL 821.1 9.1 AHPC 156.3 -2.5 SCB 562 -5 NMLBBL 709 -10 SBL 251.9 -2.1 RFPL 372.5 -6.5 NABBC 563 -8 NMB 194.9 -2.1 LICN 1369.9 -2 SABSL 1100 -11 SONA 456 -9.2 LUK 8.68 -0.13 MBLD87 980.1 -9.3 RAWA 560 0 GHL 153.3 1.3 CGH 854 -11 SEF 8.1 -0.07 SAMAJ 2220 43 NSIF2 10 0.02 GMFIL 425 15.1 ICFC 534 10.1 DLBS 1335 55 NMB50 9.82 0 SRLI 444.8 -2.2 RLFL 414 6 UPPER 160 -2.2 JALPA 1389 -63 NLG 761 -11 BARUN 307 23.9 ALICL 574.9 -3.9 HEIP 355 3.9 SMFBS 1410 -29
×
काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित, कांग्रेसका हुमागाई पराजित



एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् ।मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा गर्नुपरेको छ ।

एमालेका धेरैजसो पदाधिकारीले निर्वाचन हार्दै गर्दा बास्कोटा भने विजयी भएका छन् । काभ्रे १ मा पनि एमालेकै रेशम लामाले माओवादीका उम्मेदवार सूर्यमान दोङलाई पछाडि पारेका छन् । काभ्रेका चार प्रदेशसभा सदस्यमा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले चुनाव जितेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस