×
एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी



एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् । भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।

बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस