SBLD84 1040 19.3 KBLD86 1115 0 RFPL 532 11.1 KDL 1059 16 USHEC 523 -7 SICL 832 0 SLBBL 958.9 -4.2 BNT 14350 -50 AVYAN 909 -6 NGPL 472 -2.9 UNLB 2527 -3.9 AKPL 248.5 -2.5 SPDL 310 5 BHPL 655.1 -12.7 RNLI 495.5 1.5 KPCL 493 -0.8 GBBLPO 205 0 KEF 9 0.28 NIFRA 280 -5 UHEWA 476 -11 NESDO 2229 -18 ALBSL 1040 -4 PCBL 292 -2 NYADI 305.4 -6.6 SAEF 11.22 0.17 EBLD86 1040 -2 PFL 652 -1 MPFL 751 5 SBL 345 -8.1 TSHL 909 -11 SJCL 326 -3.7 AHPC 267 -0.6 SBCF 9 -0.2 PMLI 562 1 MLBSL 2000 -26 MKJC 467.9 -1 BARUN 379 -6.1 CIZBD90 1081 1 NABIL 594 3 MMKJL 543.6 9.6
×
प्रचण्डले भने- ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता छ



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् ।

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको बताए ।

मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्नेसमेत उनले बताए । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा प्रतिगमनलाई परास्त गर्न सकिए देश विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारूढ दलहरू प्रतिगामी शक्तिहरूलाई परास्त गरेर सबै शक्तिको साथ देशको समृद्धिको अभियानमा लाग्न प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस