विज्ञापन
SGHC 393.6 0.1 NICLBSL 705.5 -7.5 NICA 452 -13 BOKD86 1040 18 IGI 600 -4 CCBD88 1123.1 6.1 MSHL 938 3 NRN 905 -8 MEHL 380.1 -19.9 SRLI 443.1 -4.9 JOSHI 305 -6.8 ILBS 980 -21.5 SLCF 9.21 -0.1 MFIL 768 48 MKHC 339 -1 GLH 244 -2 BHDC 583 5.4 TPC 465 6 USHEC 523 -7 KRBL 613 0 PFL 652 -1 KMCDB 1027.8 -11.1 NICFC 8.97 -0.33 CITY 805 -17 NLO 242.1 0 WNLB 2650 -80 NICD88 1032 -21 SBD87 1048 11.9 BARUN 379 -6.1 RSDC 735 0 JFL 655 6 SPC 520 5 SIKLES 707 -3 GCIL 498 -5.8 UPPER 214.2 -1.8 SPL 813 -12.1 TVCL 461 1 CIZBD90 1081 1 SAMAJ 3321.1 1.1 PCBL 292 -2
×
लौरो अभियानबारे मेयर बालेन्द्र शाहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ ।

हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको हो ।

देशको राजधानी शहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा हाम्रो नेपाली दलसँग कुनै आबद्धता नै भएको जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।

‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानूनको परिकल्पना भन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानून बाहेकका कानूनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ’, आयोगको स्पष्टीकरणमा भनिएको छ ।

उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन आयोगको निर्देशन छ ।

आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने त्यस दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले त्यो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस
सोमंबुबिशु