×
Lagani
Lagani Shiksha gif
सिभिल बैंकले बढायो नाफा , प्रतिसेयर आम्दानी कति ?



सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४२.२३प्रतिशत ले धेरै हो । गत वर्षको यही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिसम्म सञ्चालन नाफा ३८  प्रतिशतले बढेर ५८ करोड ८४ लाख रुपैयाँमा पुगेको छ । गत वर्ष सो नाफा ४२ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

Lagani Shiksha gif

खुद ब्याज आम्दानी पनि ६२।२१ प्रतिशतले बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार हुन पुगेको हो ।

बैंकको वितरणयोग्य नाफा ८६ करोड ३ लाख रुपैयाँ रहेको छ ।  यसको जगेडा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ ।

हाल यसको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा छ । सिभिल बैंक अहिले हिमालयन बैंकसँग गाभिने प्रकृयामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस