×
तेह्रथुम पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत , ओपनिङ्ग रेञ्ज कति



तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ४० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको आठ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको चार लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २८ लाख कित्ता सेयर सूचीकरण भएको छ ।

उक्त आईपीओको अब आइतबारबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेका अनुसार दोस्रो बजारमा कारोबारका लागि ८४ दशमलव ७४ रुपैयाँदेखि दुई सय ५४ दशमलव २२ ओपन रेञ्ज निर्धारण भएको छ ।

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस