×
‘फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्न ओलीको माग



एमाले अध्यक्ष केपी ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए ।

बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गरे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए । ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस