×
२५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ को विद्युत परीक्षण सुरु



लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण भएको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ ।

दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो । आज र भोलि दुई दिन मेसिन जडान गर्न समय लाग्ने आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए ।  १५ दिन जति परीक्षण गरी सफल भएमा व्यावसायिक रुपमै कात्तिकदेखि नै बिजुली उत्पादन गर्ने उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणको अनुमति र प्राधिकरणबाट कर्मचारीको उपस्थिति भएसँगै परीक्षण सुरु भएको उनको भनाइ छ । यसको सफल परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड लगानीमा निर्माणकार्य सम्पन्न लक्ष्यका साथ अघि बढे पनि यसको लागतसमेत बढेको बताइएको छ ।

यस आयोजनाको बाँकी रहेको काम पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएपछि उक्त समयमा बिजुली उत्पादन गर्न असफल भए पनि ती सबै काम सम्पन्न गरेर यतिबेला बल्ल उत्पादित बिजुली परीक्षण अघि बढेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस