×
चितावन ३ बाट पछि हट्यो एमाले , कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गर्ने



आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन-३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो ।  उनले चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चितवन ३ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर एमालेले कोइरालालाई समर्थन गरेको छ ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन-३ मा माओवादी केन्द्रको तर्फबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट चुनाव लड्ने छन् ।

 

310964616 697241548487447 6424971164358135409 n.jpg 1 चितावन ३ बाट पछि हट्यो एमाले , कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गर्ने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस