×
भीम रावलले भने, ‘उचित समयमा बोल्ने छु’



नेकपा एमालेका नेता भीम रावलले अछामवाट सिफारिस हुदाँहुदैँ पनि नेकपा एमालेले टिकट नदिएको बिषयलाई लिएर उचित समयमा बोल्ने जनाएका छन ।

कथित १० बुदेँ पक्षधर भएका कारण रावलले गृह जिल्ला अछामवाट टिकट नपाएको भन्ने चौतर्फी बहस चलिरहदाँ रावलले सो वारेमा समय आए पछि आफै बोल्ने जनाएका हुन ।

‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको  रूपमा सर्वसम्मत एकल  पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन’ रावलले सोमवार साँझ टविट गर्दै भनेका छन, ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कु–नियत हो। उचित समयमा बोल्ने नै छु।’

रावलले गत महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध उम्मेदवारी दर्ता गराएका थिए भने पछि पराजित भएका रावललाई केन्द्रिय सदस्यमा मनोनित गरे पनि नयाँ कमिटी सदस्यको हैसियतमा सपथ भने लिएका थिएनन । उनी क्षेत्र, जिल्ला प्रदेशवाट प्रतिनिधिसभाका लागि सिफारिस भए पनि केन्द्रले भने माओवादी परित्याग गरिआएका झपट बोहोरालाई टिकट दिएको छ । रावललाई टिकट नदिई बोहोरालाई दिएपछि एमालेसहित राष्ट्रिय राजनीतिमा रावल चर्चाको बिषय बनेका छन ।

सोही बिषयलाई लिएर अर्का नेता घनश्याम भुषालले पार्टी परित्याग गरे पनि रावलले भने पार्टी परित्याग नगरी आन्तरिक संघर्ष गर्ने जनाउँदै आएका छन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस