×
Lagani
Lagani Shiksha gif
नेपालमा थपिए एक सय ४२ कोरोना संक्रमित



पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६ एन्टीजेन परिक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

Lagani Shiksha gif
sharehubapk नेपालमा थपिए एक सय ४२ कोरोना संक्रमित

त्यस्तै, पछिल्लो २४ घण्टामा २३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । सोही समयमा तीन हजार ४५० जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ५२८ जना रहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस