×
Lagani
Lagani Shiksha gif
सामलिङ्गको आईपीओमा माग भन्दा ४० गुणा बढी आवेदन , आईपीओ पर्ने सम्भावना कति ?



सामलिङ्ग पावर कम्पनी लिमिटेडले  बिहीबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

आज साझ ५ बजे सम्म उक्त कम्पनीको आईपीओमा २ करोड ६९ लाख  ३३  हजार ५ सय  कित्ताको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाइ निष्कासन गरेको भन्दा ३९ दसमलव ६७  गुणा बढी हो। उक्त आईपीओमा २२  लाख ६५  हजार ५  सय९८  जना लगानीकर्ताले  २ करोड ६९ लाख  ३३  हजार ५ सय कित्ताको लागि आवेदन दिएका हुन्। यो संगै कम्पनीको आईपीओ पर्ने सम्भावना न्यून हुदै गएको  छ।

Lagani Shiksha gif
sharehubapk सामलिङ्गको आईपीओमा माग भन्दा ४० गुणा बढी आवेदन , आईपीओ पर्ने सम्भावना कति ?

Screenshot 2021 10 25 183344 सामलिङ्गको आईपीओमा माग भन्दा ४० गुणा बढी आवेदन , आईपीओ पर्ने सम्भावना कति ?

कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणको लागि छुट्याइएको छ ।

न्यूनतम १० कित्ता तथा अधिकतममा २० हजार कित्ताका लागि आवेदन  दिन सकिने ब्यबस्था थियो भने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको आईपीओ निस्कासन आज देखि बन्द भएको छ।

यस कम्पनीकोआईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस