×
कतिमा होला श्वेत गंगा हाइड्रोपावरको नेप्सेमा पहिलो कारोबार ?



नेप्सेमा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर सुचिकृत भएको छ।

कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले एसजीएचसी (SGHC) स्टक संकेतबाट कम्पनीको उक्त शेयर सूचीकृत गराएको हो । नेप्सेमा सुचिकृत भएपछि स्पेसल प्रिओपन सेसनमा पहिलो कारोबार हुन्छ।

नेप्सेले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने हुदा हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता रू. ८९ दशमलव ८८ देखि अधिकतम रू. २६९ दशमलव ६४ सम्मको मूल्यरेञ्ज तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी काम भने सानिमा क्यापिटल लिमिटेडबाट हुनेछ ।

कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो।

कम्पनीको तल्लो  लिखु जलविद्युत आयोजना ( २८.१ मे.वा) निर्माण गर्नका लागि कूल खर्च रू. ६ अर्ब ३६ करोड २० लाख अनुमान गरिएको छ भने प्रतिमेगावट लागत खर्च रू.२२ करोड ६७ लाख लाग्ने अनुमान गरिएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस