×
Lagani
Lagani Shiksha gif
कतिमा होला श्वेत गंगा हाइड्रोपावरको नेप्सेमा पहिलो कारोबार ?



नेप्सेमा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर सुचिकृत भएको छ।

कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले एसजीएचसी (SGHC) स्टक संकेतबाट कम्पनीको उक्त शेयर सूचीकृत गराएको हो । नेप्सेमा सुचिकृत भएपछि स्पेसल प्रिओपन सेसनमा पहिलो कारोबार हुन्छ।

Lagani Shiksha gif
sharehubapk कतिमा होला श्वेत गंगा हाइड्रोपावरको नेप्सेमा पहिलो कारोबार ?

नेप्सेले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने हुदा हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता रू. ८९ दशमलव ८८ देखि अधिकतम रू. २६९ दशमलव ६४ सम्मको मूल्यरेञ्ज तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी काम भने सानिमा क्यापिटल लिमिटेडबाट हुनेछ ।

कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो।

कम्पनीको तल्लो  लिखु जलविद्युत आयोजना ( २८.१ मे.वा) निर्माण गर्नका लागि कूल खर्च रू. ६ अर्ब ३६ करोड २० लाख अनुमान गरिएको छ भने प्रतिमेगावट लागत खर्च रू.२२ करोड ६७ लाख लाग्ने अनुमान गरिएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस