नेपाल स्टक एक्सचेञ्जले मंगलवार नागरिक लगानी कोषको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।नेप्सेले ३० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. २ हजार २१४ दशमलव ६२ तोकेको छ ।
लगानी कोषले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
यो प्रस्ताव पारितका लागि कोषले भदौ ६ गते साधारणसभा बोलाएको छ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











