×
मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेकोआईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन ९ गते देखि रू.११ करोड ७६ लाख ७ हजार ३०० बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको हो ।निष्कासन गरेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यो आईपीओमा  १२ साउनसमम् आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

Mandakini 7 28 2022 मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस