×
Lagani
Lagani Shiksha gif
लक्ष्मी बैंकले शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन गर्ने



लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले १९ साउनदेखि शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

लक्ष्मी बैंक कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको शुभलक्ष्मी कोष लक्ष्मी म्युचुअल फन्डअन्तर्गत रहेको खुलामुखी योजना हो ।

Lagani Shiksha gif
sharehubapk लक्ष्मी बैंकले शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन गर्ने

क्यापिटलले प्रति इकाइ मूल्य १० रुपैयाँको दरका पाँच करोड इकाइमध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई, चार करोड २५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाइ बिक्री खुला गर्न लागेको हो ।

उक्त फण्डको इकाइमा छिटोमा २३ साउनसम्म र ढिलोमा २ भदौसम्म आवेदन दिन सकिनेछ । एक सय इकाइदेखि ५० लाख इकाइसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस