×
नागरिक लगानी कोषले बढायो ब्याजदर



नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ ।

कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो । जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५  प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ दशमलव ५ प्रतिशत कायम गरेको छ ।

आवास कर्जा र शैक्षिक कर्जामा पनि ब्याजदर बढाएर १०/१० प्रतिशत तोकिएको छ । सरल कर्जा र सवारी कर्जामा समान १० दशमलव ५ प्रतिशत ब्याजदर पुर्याइँदा उपदान योजना कोष, लगानीकर्ता अवकाश कोष र राष्ट्रसेवक कर्मचारी सावधिक जीवन बिमा कोषको ब्याजदर भने समान ७ दशमलव ५ प्रतिशत तोकिएको सूचनामा उल्लेख छ ।

८० प्रतिशत सापटी लगानीकर्ता अवकाश कोषमा ९ दशमलव ५ प्रतिशत ब्याजदर तोकिँदा नागरिक एकांक योजनाको ब्याजदर ९ प्रतिशत तोकिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस