नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापितले वालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन ।
केही दिन अघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफुसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन ।
‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्याउँदैन,’ स्थापितले भनेका छन, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो।”
स्थापितका अनुसार मेयर साह मिडियाका लागि भेटन आएको जस्तो देखिन्थे । ‘ यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु। मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’












Lol support him for him good work and his is committed to improve waste management