×
नेष्डो समृद्ध लघुवित्तको एजीएम आज, मर्जर-एक्वायर मुख्य एजेन्डा



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ ।

सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ । सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिदैैछ ।

आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले असार २३ गते बुक क्लोज गरिसकेको छ । असार २२ गतेसम्म कायम लगानीकर्ताले सभामा भाग लिन सक्नेशछन् ।

नेष्डोले गत फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । आइपीओपछि कम्पनीले फेरि मर्जर तथा एक्विजिसनमा जान सक्ने प्रस्तावसमेत राखेर साधारण सभा बोलाएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस