×
शुक्रवार शेयर बजार २ घण्टा मात्र खुल्ने।



असार महीनादेखि शुक्रवार पनि शेयर बजार खुला हुने भएको छ ।।

प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र खुला हुनेछ । नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असार १ गतेबाट आइतवारदेखि बिहीवारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ बजेसम्म बजार खुल्ने निर्णय भएको जानकारी गराएको छ ।

सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ ।

तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।

market20session20notice 1655356331971 scaled शुक्रवार शेयर बजार २ घण्टा मात्र खुल्ने।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस