×
मेयर बालेन साह माथि दुर्व्यवहारको आरोप।



काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र समाचार संकलनमा अवरोध गरेका छन् ।

महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका मिश्रलाई मेयर बालेन्द्र साहले सूचना संकलनमा अवरोध पुर्‍याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो १ः०० बजे त्यहाँ पुुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएका थिए ।

मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको छ ।स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

pressbigpti मेयर बालेन साह माथि दुर्व्यवहारको आरोप।

नेपाल पत्रकार महासंघको प्रेस विज्ञप्ती

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस