×
Lagani
Lagani Shiksha gif
कतिमा भयो सिवाईसी नेपाल लघुवित्तको पहिलो कारोबार ?



स्पेशल प्रि ओपन सेसनमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ।

यस दिन लघुवित्तको शेयर प्रतिकित्ता ३८२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो। लघुवित्तको शेयर जेठ २७ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।

Lagani Shiksha gif
sharehubapk कतिमा भयो सिवाईसी नेपाल लघुवित्तको पहिलो कारोबार ?

लघुवित्तले २–६ वैशाखसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कुल जारी सेयरमध्ये जारी पूँजीको ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

उक्त सेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर ३ लाख ६९ हजार ४८८ कित्ता सेयर १५ वैशाखे बिहीबार बाँडफाँट सम्पन्न भएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले आईपीओ प्राप्त गरेका थिए ।

लघुवित्तको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख दुई हजार ३६१ वटा आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यसअनुसार २२ लाख पाँच हजार ६३३ जनाको आवेदनबाट दुई अर्ब ४५ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको दुई करोड ४५ लाख २० हजार १४० कित्ताको माग भएको थियो । जुन सर्वासधारणबाट माग भएको कित्ताको ६६.३६ गुणा बढी थियो । रद्द भएको तीन हजार २७२ जनाको आवेदनबाट ३६ लाख ४९ हजार रुपैयाँ बराबरको ३६ हजार ४९० कित्ताको माग रद्द भएको छ ।

आईपीअघि आठ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस