MHL 725 3.5 NMBD87/88 1027 -3 FMDBL 758 -0.1 MLBS 1532.3 -86.7 ADBL 367 -11.1 PBLD87 1028 -2 LEC 276.8 -6 LLBS 1050 5 H8020 10.2 -0.05 MSHL 938 3 CMF2 9.21 -0.1 MBLD2085 1085 6.5 SIGS2 10.05 0 CCBD88 1123.1 6.1 NFS 1350 -43 CMF1 10.5 -0.2 RBCL 17071 -109 RHGCL 388 0 NWCL 975 -13.9 NIFRA 280 -5 NBF2 9.15 -0.05 HLI 472 -4 PMLI 562 1 SFEF 9.29 0.22 SMPDA 910 -1 ANLB 4453.1 47 KRBL 613 0 NLO 242.1 0 PRIN 968 4 PHCL 465.1 -9.9 UMHL 308 -4 KEF 9 0.28 BNT 14350 -50 PRVU 248 -10 USLB 1467 -2.9 PBD85 1079.9 19.9 GHL 218.5 -1.1 BOKD86 1040 18 NLIC 814 -13.4 HDHPC 208.8 -4.1
×
ग्रीन भेन्चर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?



आइतबार ग्रीन भेन्चर्स लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ।

आज कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता शेयर नेप्सेमा  सूचीकृत भएको हो। कम्पनीको शेयर अब सोमबार स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ ८६ पैसा देखि २७५ रुपैयाँ ५८ पैसा सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको थियो ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि सुरक्षित गरिएको थियो।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत‘ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

कम्पनीको अधिकृत पूँजी रु पाँच अर्ब र हालको जारी पूँजी रु तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्ता पूँजी रु दुई अर्ब ५० करोड छ । यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता शेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरीसकेको कम्पनीले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।

GVL 1650185633782 page 001 scaled ग्रीन भेन्चर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस