×
Lagani
Lagani Shiksha gif
भोलि देखि निष्कासन हुदै लघुवित्तको आईपीओ , कति दिने आवेदन ?



सीवाइसी नेपाल लघुवित्तको वैशाख २ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला हुने भएको छ ।

संस्थाले संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएर सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्य दरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।

Lagani Shiksha gif
sharehubapk भोलि देखि निष्कासन हुदै लघुवित्तको आईपीओ , कति दिने आवेदन ?

कम्पनीले निस्कासन गर्ने कुल शेयर मध्य ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ  भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न रेटिङ  एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ । साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सेयर बिक्री नभएमा वैशाख १६  गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस