×
Lagani
Lagani Shiksha gif
आज राम नवमी , शेयर बजार खुल्छ कि खुल्दैन ?



आज राम नवमी , हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो ।

यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ ।

Lagani Shiksha gif

रामनवमीको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सूचना निकालेर आज देशभर सार्वजनिक विदा हुने जनाएको हाे । गत बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय र निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

आज सार्बजनिक बिदा रहेको हुदा शेयर कारोबार नहुने नेप्सेले जनाएको छ। आइतबार नेप्से बढ्ने धेरैको अनुमान रहेपनि आज शेयर कारोबार नहुने भएको छ।  अब भोलिदेखि नियमित कारोबार हुने छ।

त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।
ramnabami scaled आज राम नवमी , शेयर बजार खुल्छ कि खुल्दैन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस