×
ग्रीन भेन्चर्सको आईपीओ आज बाँडफाँट हुदै , यस्तो छ नतिजा हेर्ने तरिका ।



ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट हुने  भएको छ ।

विक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार प्रि अलोटमेन्टको कार्यक्रम भने मंगलवार नै सम्पन्न भनेको हुदा आईपीओ आज बाँडफाँट हुने भएको हो । कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको थियो । आईपीओ बाँडफाँट भएको  केहि बेर पछि मात्र विक्री प्रबन्धक लक्ष्मी क्यापिटलको साइट र मेरो शेयरको आईपीओको नतिजा हेर्न बनाएको साइत बाट हेर्न सकिने छ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि सुरक्षित गरिएको थियो।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत‘ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

कम्पनीको अधिकृत पूँजी रु पाँच अर्ब र हालको जारी पूँजी रु तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्ता पूँजी रु दुई अर्ब ५० करोड छ । यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता शेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरीसकेको कम्पनीले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस