×
न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक , यसरि हेर्नुहोस नतिजा



न्यादी हाइड्रोपावरको आईपीओ  शुक्रबार  बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बाँडफाँट गरिने तय भएको हो । बिक्री प्रबन्धकका अनुसार  आज   प्री–अलोटमेन्ट सम्पन्न भएको छ ।

यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको  २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि २३ लाख ५७ हजार १६६ जनाले  आवेदन दिएका हुन् । यो मागको तुलनामा १४.०८ गुणा बढी हो ।

कम्पनीले   रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । उक्त शेयर  निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार  यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।   २) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।                  ३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।         ४) आफ्नो दिम्याट  नम्बर हानि कम्पनि छान्नुहोला।                ५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

र्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।  

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) न्यादी हाइड्रोपावर लिमिटेडको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस