SRLI 443.1 -4.9 HEI 648 -10 PBD85 1079.9 19.9 CHCL 568.9 -8.1 CHDC 1684 -35.9 SNLI 585.1 -0.9 NIL 912 8 PPL 461 -2.5 SBL 345 -8.1 EBLD85 1105 5 NIBLGF 9.1 0.38 USHEC 523 -7 SFCL 704.1 63.6 NICAD8283 1169.8 86.8 TRH 1118 -5 SHIVM 599 -8 NBLD85 1025 0 BFC 625 9.1 KBL 234 -6.9 MPFL 751 5 STC 5908 9 SHL 512 -4.5 NIBLSTF 8.68 0 JBBL 351 -3.1 NICD88 1032 -21 SBD87 1048 11.9 PFL 652 -1 FMDBL 758 -0.1 KSBBL 448 -3 UPCL 262.2 -2.7 RBCL 17071 -109 IHL 499 -1 GMFBS 1512.1 -16.9 TAMOR 482.9 -2.1 MLBBL 1635 15 HDHPC 208.8 -4.1 NICSF 9.5 0.25 VLUCL 588 -1.9 PBLD87 1028 -2 EHPL 840 7.9
×
ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट मिति सार्बजनिक , १७ लाख बढीको हात खालि हुने



ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँट आइतवार हुने भएको छ ।

विक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार प्रि अलोटमेन्टको कार्यक्रम भने मंगलवार नै सम्पन्न भनेको हुदा आईपीओ बाँडफाँट आइतवार बिहान ८ बजे आफ्नै कार्यालय बानेश्वर, काठमाडौंमा हुने भएको छ । कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको थियो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि सुरक्षित गरिएको थियो।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत‘ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

कम्पनीको अधिकृत पूँजी रु पाँच अर्ब र हालको जारी पूँजी रु तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्ता पूँजी रु दुई अर्ब ५० करोड छ । यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता शेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरीसकेको कम्पनीले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस