×
इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट



साताको दोस्रो कारोबार दिन सोमबार इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

समाचार तयार पर्दा सम्म कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९ सय २० दशलमव ३० पुगेको छ ।

कम्पनीको हिजो  रू. ८३६दशलमव ७० मा अतिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २ लाख ६८ हजार ६  सय ४५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

केहि समय अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो  ।

Screenshot 2022 03 28 113801 इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस