×
Lagani
Lagani Shiksha gif
कतिमा भयो नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार ?



स्पेशल प्रि ओपन सेसनमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ।

सो सेसनमा लघुवित्तको शेयर प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो। नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि न्युनतम २६० रुपैयाँ ८४ पैसादेखि ७८२ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।

Lagani Shiksha gif
sharehubapk कतिमा भयो नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार ?

Screenshot 2022 03 28 113153 कतिमा भयो नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार ?

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।

कुल २५ लाख २७ हजार १ सय १ जना आवेदक मध्ये २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदक रहेकोमा ७७ हजार ४ सय ५३ जना आवेदकले १० कित्ताको दरले शेयर हात पारेका छन् भने २४ लाख ४५ हजार ४ सय ९९ जना आवेदकको हात खाली भएको छ। त्यस्तै ३ जना आवेदकले ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन्।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको थियो  । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस