साताको चौठो कारोबार दिन बुधबार इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
समाचार तयार पर्दा सम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ सय ६० दशलमव ७० पुगेको छ ।
कम्पनीको हिजो रू. ६९१ दशलमव ६० मा अतिम कारोबार भएको थियो। कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २ लाख ६८ हजार ६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
केहि समय अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















