×
Lagani
Lagani Shiksha gif
दोहोरो अंकले बढ्यो नेप्से , इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट



साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

आज नेप्से परिसूचक १७ दशमलभ ९९ अंकले बढेको हो।सो अङ्कको बढाई संगै नेप्से परिसूचक २६ सय ३४ दशमलभ  ५७ अंकमा पुगेको छ। आज दिनभरमा २ अर्ब ५९ करोड बराबरको शेयर कारोबार भएको छ भने २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर कारोबार भएको छ।

Lagani Shiksha gif

आज कारोबारमा आएका २ सय ३१ कम्पनी मध्य १ सय ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ।  त्यस्तै १३ कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको दिनकै यथावत रहेको छ। आज दिनभरमा ३७ हजार ९ सय ३९ पटक शेयर किन बेच भएको छ।

Screenshot 2022 03 21 150222 दोहोरो अंकले बढ्यो नेप्से , इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट

त्यस्तै आज कारोबारमा आएको मध्य इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५७१  दशलमव ७०  पुगेको छ । त्यस्तै ङादी ग्रुप पावर , माउन्टेन हाइड्रो , कर्णाली बिकास बैंक , युनियान हाइड्रोपावर , राधी र बोटलर्स नेपालको शेयर मूल्य ५ प्रतिसत भन्दा बढीले बढेको छ।

Screenshot 2022 03 21 150815 दोहोरो अंकले बढ्यो नेप्से , इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट

आज नेपाल टेलिकमको शेयर मूल्य सार्बधिक घटेको छ। टेलिकमको शेयर मूल्य आज २ दशमलभ ९७ प्रतिसतले घटेको हो । त्यस्तै नविल ऋणपत्र ८५ २ प्रतिसतले घटेको छ भने एनआईबिएल समृद्धि फण्ड – २ को शेयर मूल्य १ दशमलाभ  ९६ प्रतिसतले घटेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस