×
Lagani
Lagani Shiksha gif
दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ र राष्ट्र उत्थानको शेयरमूल्यमा सकारात्मक सर्किट



साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक १४ दशमलभ  ६७ अंकले घटेर २६ सय १६ दशमलभ ५८ अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक पनि ३ दशमलभ  ०१ अंकले घटेर ४ सय ९४ दशमलभ  ३८ अंकमा झरेको छ।

Lagani Shiksha gif

आज दिनभरमा कुन २ अर्ब २७ करोड ४६ लाख बढीको कारोबार भएको छ। आज दिनभरमा २ सय २४ कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ताको शेयर खरिद बिक्रि भएको छ।

Screenshot 2022 03 20 150236 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ र राष्ट्र उत्थानको शेयरमूल्यमा सकारात्मक सर्किट

आज २ कम्पनीको शेयर मुल्यमा साकारात्मक सर्किट लागेको छ। आज इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो। राष्ट्र उत्थान लघुवित्तको अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६२५ दशलमव ९०  पुगेको छ ।

त्यस्तै  इमर्जिङ नेपाल लिमिटेडको अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५१९ दशलमव ८०  पुगेको छ ।

Screenshot 2022 03 20 150718 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ र राष्ट्र उत्थानको शेयरमूल्यमा सकारात्मक सर्किट

यस दिन राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.८८ प्रतिशतले घटेर १५ हजार ९ सय ७२ रूपैयाँ १० पैसा पुगेकाे छ ।  त्यस्तै मैलुंग खोला जलविद्युत , शिव श्री हाइड्रोपावर , प्रभु लाइफ , एभरेष्ट इन्सोरेन्स र बिशाल बजार कम्पनीको शेयरमूल्य ३ प्रतिसत भन्दा बढीले घटेको छ।

Screenshot 2022 03 20 151159 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ र राष्ट्र उत्थानको शेयरमूल्यमा सकारात्मक सर्किट

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस