×
दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट



साताको चौथो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक १९ दशमलव ६५ अंकले घटेको हो। आज बजार घटेर २ हजार ६ सय ३१ दशमलव ३२ बिन्दुमा पुगेको छ।  आज दिनभरमा २३१ कम्पनीको शेयर खरिद बिक्रि भएको छ। आज कारोबार रकम भने हिज अस्ति भन्दा न्यून रहेको छ। आज कुल २ अर्ब ५७ करोडको शेयर खरिद बिक्रि भएको छ।

कारोबारमा आएका कम्पनि मध्य ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५५ कमपनिको शेयर मूल्य घटेको छ। त्यस्तै १४ कम्पनीको शेयर मूल्य यथावत रहेको छ। होटेल र पर्यटन , म्युचल फण्ड र निर्जीवन बिमा बाहेका सबै उपसुचकमा गिरावट आएको छ।  अन्य उपसुचक सबै भन्दा बढी घटेको छ भने होटेल र पर्यटन सबै भन्दा बढीले बढेको छ।

Screenshot 2022 03 16 150247 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट

आजपनि इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किटलागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४७२ दशलमव ६०  पुगेको छ । त्यस्तै मैलुंग खोला जलविद्युतको शेयर मूल्य ६ दशमलव  १३ प्रतिसतले बढेको छ।

Screenshot 2022 03 16 150643 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट

 

आज कारोबारमा आएका मध्य युनाइटेड इदी मार्दीको शेयर मूल्य सार्बधिक ४ दशमलव ९२ अंकले घटेको छ। उक्त घटाईसंगै कम्पनीको शेयर मूल्य प्रति कित्ता  ८६५ दशमलव २० रुपैयाँ कायम भएको छ। त्यस्तै नेपाल टेलिकमको शेयर मूल्य ३ दशमलव  ५७ प्रतिसतले घटेको छ।  बोनस शेयरको घोसणापछि टेलिकमको शेयर मूल्य लगातार घटेको हो।

Screenshot 2022 03 16 150810 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट

कारोबार रकममा १६ करोड ३६ लाखको कारोबार सहित नेपाल टेलिकम अग्र स्थानमा रहेको छ भने १२ करोड २४ लाखको कारोबार सहित गरिमा बिकास बैंक दोस्रो स्थानमा रहेको छ।

Screenshot 2022 03 16 151543 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस