×
८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि



देशभर पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अवधिमा सात हजार ८८४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ४४ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार ९५० रहेको छ । पछिल्लो समय थप १३० जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार ३४८ पुगेको छ । निको हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यसैगरी पछिल्लो समय एक लाख ३५ हजार ३८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७४६ रहेको छ ।

अहिले होम आइसोलेशनमा चार हजार हजार ६७१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ७५ आइसीयूमा ३० र भेन्टिलेटरमा ६ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस