×
Lagani
Lagani Shiksha gif
दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट



साताको तेस्रो कारोबार दिन मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ।

आज नेप्से १७ दशमलव  १५ अंकले घटेर १ हजार ६ सय ५० दशमलव ९७ अङ्कमा झरेको छ। आज दिनभर २२९ कम्पनीको ६५ लाख २९ हजार २६ किता शेयर खरिद बिक्री भएको छ।  आज कुल ४६ हजार २ सय ८७ कारोबरामा ३ अर्ब ३६ करोड बढीको शेयर खरिद बिक्रि भएको छ।

Lagani Shiksha gif

Screenshot 2022 03 15 150126 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट

आज इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किटलागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२९ दशलमव ७० पुगेको छ ।

त्यस्तै आज सगरमाथा इन्सोरेन्स , सोल्टी होटेल र युनाइटेड इदी मार्दी आर बि हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिसत भन्दा बढीले बढेको छ।

Screenshot 2022 03 15 150436 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट

आज लाभांस घोसणा गरेको नेपाल टेलिकमको शेयर मूल्य सार्बधिक घटेको छ।  आज कम्पनीको शेयरमूल्य ५ दशमलव  १३ प्रतिसतले घटेर १६ सय २५ रुपैयाँमा झरेको छ।

Screenshot 2022 03 15 151039 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा भने सकरात्मक सर्किट

कारोबार रकममा नेपाल टेलिकम अग्र स्थानमा रहेको छ। आज कम्पनीको कुल ३४ करोड बढीको शेयर कारोबार भएको छ।  त्यस्तै १२  करोडको कारोबार सहित अपि पावर दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस