×
ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।



ग्रीन भेन्चर्स कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।

ग्रीन भेन्चर्स लिमिटेडको आफ्नो जारी पूजी रु.३,१२,५०,००,००० मध्ये १० प्रतिशतले हुने प्रति साधारण शेयर रु.१०० दरका ३१,२५,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको  मिति २०७८/११/०२ गतेदेखि मिति २०७८/११/२० गतेसम्म बिक्री खुल्ला गरेको थियो।

सो अवधीभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई बाडँफाट सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ३१,२५,००० कित्ता साधारण शेयरहरु मिति २०७८/११/२९ गते आइतबार बाडँफाट गरेको जनाएको छ।

उक्त निष्कासनमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रवन्धकत्व रहेको थियो।  हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ ।

त्यस्तै कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा प्रतिशेयर रू. १०० अंकितमूल्यका ३१ लाख २५ हजार कित्ता आईपीओ गर्न लागेको हो ।

नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नु होला।Screenshot 2022 03 14 121300 ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस