×
आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा कारोबार हुने , ओपनिङ्ग रेञ्ज यति धेरै !



आजदेखि जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर दोस्रो बजारमा  कारोबार हुने भएको छ।

हिजो स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको शेयर अडर म्याच नभएपछि रेगुरल सेसनमा पनि कारोबार भएको थिएन । नेप्सेले यसको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको छ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारको लागि जेएलपीए संकेत प्रदान गरेको छ  । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (कम्पनीको नेप्से सिम्बोल JALPA) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १६,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो  ।

कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) माफत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणहरुमा वितरण गरिएको ५,२२,००० कित्ता (३२.६२५%) र कम्पनीका संस्थापकहरुले लगानी गरेको १०,७८,००० कित्ता ( ६७.३७५%) शेयर समेत गरी जम्मा १६,००,००० कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७८ /११/२६ गतेको निर्णयानुसारनेपाल  स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

कम्पनीले केहि दिन अघि मात्रै आइपियो बाँडफाँट गरेको हो। कम्पनीको प्राकासित वित्तिय विवरण अनुसार  कम्पनीको बास्तबिक प्रति शेयर नेटवर्थ रु १६४.६० रहेको छ भने प्रति शेयर आम्दानि २५.०९ रहेको छ। लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।त्यस अनुसार २५ लाख र ८७ हजार ४०० जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस