मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि गत फागुन २० गते निवेदन दिएको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । कम्पनीले चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि गत फागुन २० गते निवेदन दिएको हो ।
कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ४० करोड रहेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।मुक्तिनाथ कृषि कम्पनी लिमिटेड , मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको हो।
आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

















