NBLD87 1020 -8 ALICL 714.5 -1.2 EBLD85 1105 5 SIGS3 9.45 0.09 SWMF 812 -13 IGI 600 -4 C30MF 9.74 0 KSY 9.22 -0.19 UHEWA 476 -11 PRSF 9.54 -0.11 SBD87 1048 11.9 RIDI 235 0 KRBL 613 0 GILB 1268.4 4.4 NICD88 1032 -21 MHL 725 3.5 KBLD89 1156 1 GFCL 1051.1 6 NICL 990.2 -4.8 KMCDB 1027.8 -11.1 NMLBBL 769 -11 MND84/85 1030 2 RLFL 625 6.9 NICBF 9.3 -0.08 BEDC 470 0 NIMBPO 176.9 -1.1 BHL 440 -13 NMB 263.9 -7.1 MFLD85 1050 -20 TVCL 461 1 NIBD84 1030 -20 RBCL 17071 -109 SLCF 9.21 -0.1 LUK 9.21 -0.09 HDHPC 208.8 -4.1 MATRI 1405 -8 LVF2 9 0 SNLI 585.1 -0.9 FMDBL 758 -0.1 SPL 813 -12.1
×
जाल्पा सामुदायिक लघुवित्तको आइपीओ सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?



जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

नेप्सेले यसको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको छ। अब आइतबार (फागुन २९ गते) बाट यसको दोस्रो बजारमा सेयर कारोबार सुरु  हुनेछ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारको लागि जेएलपीए संकेत प्रदान गरेको छ  । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (कम्पनीको नेप्से सिम्बोल JALPA) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १६,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो  ।

कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) माफत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणहरुमा वितरण गरिएको ५,२२,००० कित्ता (३२.६२५%) र कम्पनीका संस्थापकहरुले लगानी गरेको १०,७८,००० कित्ता ( ६७.३७५%) शेयर समेत गरी जम्मा १६,००,००० कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७८ /११/२६ गतेको निर्णयानुसारनेपाल  स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

कम्पनीले केहि दिन अघि मात्रै आइपियो बाँडफाँट गरेको हो। कम्पनीको प्राकासित वित्तिय विवरण अनुसार  कम्पनीको बास्तबिक प्रति शेयर नेटवर्थ रु १६४.६० रहेको छ भने प्रति शेयर आम्दानि २५.०९ रहेको छ। लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।त्यस अनुसार २५ लाख र ८७ हजार ४०० जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

Notice page 001 जाल्पा सामुदायिक लघुवित्तको आइपीओ सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस